विश्वका सबैभन्दा अग्ला मानिस टर्कीका सुल्तान कोसेन हुन् । २९ वर्षका सुल्तानको उचाइ ८ फिट ३ इन्च छ । सायद उपचार गरेर उनको सरीरमा अत्यधिक उत्पादन हुने हर्मोन नरोकिएको भए उनको उचाइ अझै बढ्थ्यो होला । तर उचाइको बढोत्तरीसँगै स्वास्थ्यमा नकारात्मक असर पर्न थालेपछि हालै उपचार गरेर सुल्तानको उचाइलाई स्थिर पारिएको छ ।



पिट्युटरी ग्रन्थीमा भएको ट्युमरका कारण वृद्धि हर्मोन बढि निस्कासित हुँदा उनको उचाइँ निरन्तर बढिरहेको थियो । निकै जटील स्वास्थ्य समस्या खेपिरहेका सुल्तानलाई उनको उचाइ एक किसिमले चर्चा कमाउने मेलो भएपछि अर्को तर्फबाट उनको लागि निकै टाउको दुखाइ बन्यो ।



तर अब उनको उचाइ ८ फिट ३ इन्चमा कायम रहनेछ । भर्जिनिया विश्वविद्यालयका डाक्टरहरुले उनको उपचार गरेपछि उनको उचाइ वृद्धिमा लगाम लागेको छ । यसअघि सन् २००८ मा पनि उनको उपचार गरिएको भएपनि उचाइ वृद्धि रोकिएको थिएन र उनी वर्षमा आधा इन्चले बढिरहेका थिए । तर अब भने उनको वृद्धि पूर्णरुपमा रोकिनेछ ।



टर्कीका नागरिक सुल्तान सामान्य किसान हुन् । उनले सबैभन्दा अग्लो मान्छेको किर्तिमान मात्र राखेका छैनन् सबैभन्दा लामा हात र खुट्टा भएको मान्छे पनि उनै हुन् |